२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


साँखु-जोरपाटी सडक निर्माण सुरु, स्थानीयको अवरोध क्षेत्रमा भएन काम


0
Shares

काठमाडौं, चैत १७ । जोरपाटी–साँखु सडक खण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य सूचारु भएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत सडक विस्तार कार्य हुन लागेको यस सडक खण्डको खुलालटार क्षेत्रमा स्थानीयको अवरोध हुँदै आएको थियो ।

स्थानीयले मुआब्जा प्राप्त नभएसम्म सडक विस्तार कार्य शुरु गर्न नदिने भन्दै अवरोध गरेपछि काम रोकिएको छ ।

आयोजनाका इन्जिनियर बसन्तकुमार गाईंले स्थानीयले सडकमै सुतेर अवरोध गरेका कारण काम प्रभावित भएको बताउनुभयो ।

तर पनि अवरोध नभएका ठाउँमा सडक निर्माण कार्य सूचारु गरिएको इन्जिनियर गुरागार्इंले बताउनुभयो ।

जोरपाटी–साँखु सडक खण्डको खुलालटार क्षेत्रमा ६०÷७० घरधुरीलाई करिब १२ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ ।

सडक खण्ड २२ मीटरको चौडा हुने छ ।

जसमा दुई दुई मिटर फुटपाथ रहने छ भने सडकको भाग १८ मिटर रहने छ ।

कुल ११.४६ किलोमिटर लम्बाई रहेको चाबहिल–जोरपाटी–साँखु सडक खण्ड मध्ये चाबिहल देखि जोरपाटी बागमती पुल सम्मको सडक कालोपत्रे भइसकेको छ ।