
काठमाडौं, चैत १८ । नेपालमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपणले देखाएको छ ।
विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो ।
त्यस्तै अर्को वर्ष ३.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण पनि विश्व बैंकले गरेको छ ।
खासगरी कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान हुँदा सन् २०२३ सम्म ५.१ प्रतिशतले आर्थिक वृद्धि हासिल हुने विश्व बैंकले जनाएको छ ।
नेपालमा रेमिट्यान्स अनुमान गरेभन्दा बढी भित्रिँदा त्यसले आर्थिक क्षेत्रमा फाइदा पुगेको विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।
यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्