
पर्वत, चैत १८ । समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको छ ।
सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने दोविल्ला फलेवास– सडकमा पर्ने मोदीखोलाको पुल जीर्ण बनेको हो ।
कुश्मा नगरपालिका भित्रै पर्ने उक्त पुल मर्मत नहुँदा सवारी साधन र यात्रुहरु जोखिमपुर्ण वारपार गर्न बाध्य छन् ।
पुलको अधिकांश ठाउँमा नटबोल्ट खुस्किएको छ भने पाताहरु उप्किएका र ठाउँ ठाउँमा खियाले खाएको छ ।
पुलको दुबै छेउमा माटो जमेको भएपनि कुनै निकायले मर्मतमा ध्यान दिएका छैनन् ।
पहिले जिल्ला विकास समितिले पुल मात्रै हेर्ने गरी हेरालो खटाएको पनि अहिले मर्मतमा समेत ध्यान दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्