
काठमडौं, चैत १९ । बागलुङमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक किशोरलाई ८ वर्ष कैद सजायको फैसला भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १० का १८ वर्षीय किशोरलाई जिल्ला अदालत बागलुङले ८ वर्ष कैद सजाय फैसला गरेको हो ।
जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको चैत १९ गतेको इजलाशले किशोरलाई बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ को उपदफा ३ बमोजिम ८ वर्ष कैद सहित पीडित बालिकालाई ६० हजार रुपैयाँ क्षतिपूर्ती र १ हजार ३ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने गरि फैसला सुनाएको हो ।
बालिकालाई गत कात्तिक १५ गते डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बागलुङ मा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि पक्राउ परेका किशोरलाई प्रहरीले अनुसन्धान पुरा गरि मंसिर ७ गते जिल्ला अदालत बागलुङमा पेश गरेको थियो ।
जिल्ला अदालत बागलुङको मंसिर ८ गतेको आदेशले आरोपित किशोर बाल सुधार गृह साराङकोट पठाइएको थियो ।
अदालको फैसलापछि किशोरले बाल सुधार गृहमै बसेर कैद भुक्तान गर्ने जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्