
web pic
गुल्मी, चैत २० । जंगलमा लागेको डढेलोमा परेर गुल्मीमा एक बालिकाको मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोली जङ्गलमा लागेको आगोमा परि ९ वर्षकी बालिका संगिता परियारको मृत्यु भएको हो ।
घर नजिकैको खोलामा नुहाएर घर फर्कने क्रममा जंगलमा लागेको डढेलोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्