२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


नेपाली मिडियालाई विश्वसामु पुर्‍याउनुपर्छ : तिमिल्सिना


0
Shares

काठमाडौं, चैत २० । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताउनुभएको छ ।

संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनुपर्नेमा जोड दिनुभयो ।

कमी कमजोरीहरुलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन उहाँको आग्रह थियो ।

सञ्चार माध्यममा आएका समाचारहरुबाट पनि सांसदहरुले आफूलाई सुधार गरेको भन्दै अध्यक्ष तिमिल्सिनाले संसदको गतिविधिहरुलाई जनतासमक्ष पुर्‍याउन पत्रकार तथा मिडियाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।