२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २० भन्दा बढी घाइते


0
Shares

दाङ, चैत २० । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

घोराही–लमही सडक खण्डको मसोट पुल नजिक बस दुर्घटना भएको छ ।

घोराहीबाट लमहीतिर जादैं गरेको लु १ ख ९८६३ नम्बरको बस साँझ मसोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

मृतकको सनाखत भने हुन सकेको छैन ।

दुर्घटनामा दुई दर्जन बढी घाइते भएका छन् ।

घाइतेहरुको उद्धार भैरहेको प्रहरीले जनाएको छ ।