१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनामा पनि सरकार राजस्वमै केन्द्रित : राजेशकाजी श्रेष्ठ


0
Shares

काठमाडौं, चैत २० । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महामारीको समयमा पनि सरकार राजस्वमै केन्द्रित भएको भन्दै जनताप्रति उत्तरदायि हुन नसकेको आरोप लगाउनुभएको छ ।

कोरोनाले थलिएको नेपालको अर्थतन्त्र पछिल्लो समयको राजनीतिक अस्थिरताका कारण झन समस्यामा परेको उहाँको भनाई छ ।

इमेजसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले कोरोना महामारी पार गरेर विस्तारै लयमा फर्कदै गरेको ब्यापार व्यवसाय राजनीतिक दल भित्रको लडाईले झनै समस्यामा परेको बताउनुभयो ।

मुलुक जहिल्यै राजनैतिक द्वन्द्वमा फस्दा छिमेकका दुई ठुला अर्थतन्त्र भएका मुलुकबाट पनि फाइदा लिन नसकेको उहाँको भनाई छ ।

पछिल्लो समय व्यवसायी राजनीतिमा प्रवेश गरेको सन्दर्भमा अध्यक्ष श्रेष्ठले पहिलो प्राथमिकता व्यवसाय भएता पनि परिस्थिति अनुसार ब्यवसायी पनि राजनीतिमा आउन सक्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्समा चार कार्यकाल विताइसक्नु भएका श्रेष्ठको आउँदो चैत्र मसान्तबाट चौथो कार्यकाल सकिंदैछ ।

निजी क्षेत्रको जेठो संस्था चेम्बर अफ कमर्सको चैत्र अन्तिम साता हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।