२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


सुनको भाउ उकालो लाग्यो


0
Shares

काठमाडौं, चैत २० । शुक्रबार पनि सुनचाँदीको भाउ उकालो लाग्यो ।

यस दिन पनि अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ९ सयले उकालो लागेर ८७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि ९ सयले नै बढेर ८६ हजार ५ सयमा कारोबार भएको थियो ।

यस दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बृद्धि भएर १२ सय ४० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रति औंन्स १७ सय २८ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।