
काठमाडौं, चैत २२ । नेकपा एमालेको माधव कुमार नेपाल-झलनाथ खनाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ ।
काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शनिबार सकिएको स्थायी कमिटी बैठकले देशभर नै भेला, गोष्ठी तथा प्रशिक्षण अभियान चलाउने, पार्टी मातहतका कमिटीहरूको बिस्तार र पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्