१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सांसद जानकीदेवी रामद्वारा पद तथा गोपनियताको सपथ


0
Shares

काठमाडौं, चैत २२ । नेकपा एमालेबाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले आइतबार पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँलाई सपथग्रहण गराउनुभएको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह दलित कोटाबाट उहाँलाई एमालेको सिफारिसमा समानुपातिक सांसद निर्वाचित गरिएको हो ।

सिरहाकी राम सानु शिवाको निधनपछि रिक्त रहेको स्थानमा उहाँ निर्वाचित हुनुभएको हो ।