
एजेन्सी । बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परेर केही व्यक्ति बेपत्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियाको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ ।
बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
घटनामा परी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्