१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जेठ-असारमा कोरोना संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी


0
Shares

काठमाडौं, चैत २३ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ-असारमा कोरोनाको दोस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन नसके संक्रमण बढ्दै जेठ–असारसम्ममा अर्को उच्च बिन्दुमा पुग्नसक्ने बताउनुभएको हो ।

पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा झरेको बताउनुभयो ।

मन्त्री त्रिपाठीले छिमेकी मुलुक भारतमा संक्रमित बढ्दै गएकाले आवागमनलाई व्यवस्थित गरेर क्वारेन्टिन र आइसोलेसनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाई गर्नुपर्नेमा जोड दिनुभयो ।