२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई कारबाही गर्ने


0
Shares

काठमाडौं, चैत २३ । नेकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताउनु भएको छ ।

सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताउनुभएको हो ।

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैह्रकानूनी र गैह्रसंवैधानिक तरिकाले चलाउन खोजिएको उहाँको आरोप थियो ।