१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शंकर खनालको नेतृत्वमा नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठान चयन


39
Shares

काठमाडौं, चैत २४ । नेपाल पत्रकार महासंघ, इमेज च्यानल प्रतिष्ठान शाखामा नयाँ कार्यसमिति चयन भएको छ ।

शंकर खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिकांश पदहरुमा सर्वसम्मतीमा नेतृत्व चयन भएकामा महिला उपाध्यक्ष र कोषाध्यक्षमा भने मंगलबार निर्वाचन भएको हो ।

शाखाको अध्यक्षमा शंकर खनाल, उपाध्यक्षमा रमेश ढुंगेल, महिला उपाध्यक्षमा कोमल शेरचन चयन हुनुभएको छ ।

यस्तै, सचिवमा अक्कल कुँवर, सहसचिवमा दिलीप पोखरेल, समावेशी सहसचिवमा सुशिला बस्नेत र कोषाध्यक्षमा रोमन आचार्य चयन हुनु भएको छ ।

यसैगरि कार्यसमिति सदस्यमा कृष्णा खनाल, सपना न्यौपाने, खिलनाथ ताजपुरिया, सुनिल तिमल्सिना, विनिता सुवेदी र विद्या ताम्राकार चयन हुनुभएको छ ।

यसैगरि केन्द्रीय परिषद् सदस्यमा सरोज अधिकारी चयन हुनुभएको हो ।

अशोक रेग्मी, दिपेन्द्र अधिकारी र हिमाल पौडल पदाधिकारी रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गराएको हो ।