२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङमा पानी ट्याङ्की फुट्दा दुईजनाको मृत्यु


0
Shares

बझाङ, चैत २४ । बझाङको तलकोट गाँउपालिका– १ चौडामा पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तल्कोट गाँउपालिका– १ का ५१ वर्षिया गोगल कुँवर र ४५ वर्षिया सुन्दरी देवी कुँवरको मृत्यु भएको हो ।

सिँचाइका लागि निर्माण गरिएको पानी ट्याङ्की फुट्दा गोगल कुँवरको घटनास्थलमै र सुन्दरी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्र्तगत सिँचाइका लागि निर्माण गरिएको पानी ट्याङकीमा पानी जम्मा गर्ने क्रममा ट्याङकी फुटेको स्थानीयले बताएका छन् ।

दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।