१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारको अभियानले घट्यो सडक बालबालिकाको संख्या


0
Shares

गृष्मा राजभण्डारी

काठमाडौं, चैत २४ । केही समय अघिसम्म काठमाडौंका मुख्य चोक र गल्लीमा वेवारिसे जीवन विताइरहेका मानिसको ठूलै संख्या देखिने गर्दथ्यो ।

भर्खरका कलिला बालबालिकादेखि युवा युवतीसम्म सडकमै अलपत्र देखिन्थे ।

कतिपय त लागुपदार्थको सेवनदेखि देहब्यापारमा संलग्नमा पनि थिए ।

तर सरकारले सडकै रात बिताउन र मागेर खान नपरोस भन्ने अभियान चलाएपछि अलपत्र परेर जीवन गुजारा गर्नेहरुको संख्यामा कमी आएको छ ।

सडकमै रात बिताउन कोही पनि बाध्य नहुन र कसैले मागेर खान नपरोस भन्ने सरकारको घोषणा गरेको कार्यक्रम कार्यान्वनका लागि सडक बालबालिकाको उद्दार गर्न परिचालित टोली ।

विभिन्न कारणले सडकको जीन्दगी विताउन पुगेका, लागुपदार्थ र अनैतिक क्रियाकलापमा संलग्नहरुलाई यो टोलीले उद्दार गर्दै आइरहेको छ ।

जब रात पर्छ तब यो टोली सक्रिय हुन्छ ।

सरकारले अभियान थालेपछि पछिल्ला दिनमा खुला आकाशमुनि रात बिताउनेको संख्या निकै घटेको छ ।

कुनै समय कुलतमा लागेका सडक बालबालिकाले भरिने गरेको पशुपति क्षेत्रमा यो टोली सोमबार रातको ११ बजे पुग्दा कोही पनि सडकबालिका र कुलतमा लागेकाहरु भेटिएनन् ।

त्यतिमात्र होइन मध्यरातसम्म चहलपहल हुने ठमेल क्षेत्र अनि बसन्तपुरमा यसअघि बेवारिसे अवस्थामा थुप्रै बालबालिका भेटिन्थे तर यसपटक त्यहाँ पुग्दा फरक दृष्य पाइयो ।

उनीहरुको संख्या धेरै नै घटिसकेको रहेको छ । त्यसो त उपत्यकाका विभिन्न पुलमुनी रात बिताउनेहरु यदाकदा अझै भेटिन्छन् ।

उद्दारको काम कम्तिको चुनौतीपूर्ण छैन । रोइ कराइदेखि कोही त भौतिक आक्रमणमै उत्रिन्छन् ।

यसरी उद्दार गरिएका अधिकांश बालबालिकालाई सुधार गृहमा राखि तीन महिनासम्म सीपमूलक तालिम दिाई खाने बाटो पहिल्याउन समक्ष बनाइन्छ ।

सडक जीन्दगी बिताइरहेका उनीहरुलाई सामान्य जीवनमा फर्काउन निकै चुनौतीपूर्ण रहेको सोवर सुधार गृहकका संस्थापक छिरिङ याङदो बताउनुहुन्छ ।

सरकारले अभियान सुरु गरेयता यो टोलीले सयौं व्यक्तिहरुको उद्दार गरिसकेको छ ।

जसको फलस्वरुप कोही भोकै नपरुन कोही भोकै नमरुन अनि सडकमा रात बिताउन कोही बाध्य नहोस भन्ने सरकारको नाराले सार्थकता पाउँदै गएको देखिन्छ ।

विभिन्न कारणले सडकमा अलपत्र परेकाहरुलाई यो अभियानले साँच्चिकै नयाँ जीवन दिएको छ ।

भिडियो : सानु माली