१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


४३९ विगाहा जग्गा सरकारको नाममा फिर्ता


0
Shares

काठमाडौं, चैत २४ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री तुम्बाहाङ्फेले पद वहालीको सय दिनमा भए गरेका महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गर्दे मन्त्रालयले भूमिसंग सम्बन्धी सबै समस्या निरुपणको लागि बैज्ञानिक ढंगले योजनाबद्ध रुपमा काम अघि बढाएको बताउनुभएको हो ।

उहाँले भूमि सम्बन्धी समस्या समाधान आयोगको देशभर ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरेर स्थानीय तहहरुसंग सम्झौता गरी काम अघि बढाईएको जानकारी दिनुभयो ।

आयोगले ६ सय ४ वटा स्थानीयतहहरुसंग सम्झौता गरिसकेको मन्त्रीतुम्बाहाङ्फेले बताउनुभयो ।

मन्त्रीतुम्बाहाङ्फेले नापी कार्यालय महोत्तरी अन्र्तगत गौशाला गाउँपालिकाका ५ सय ५०, किर्तिपुर नगरपालिकाका वडानम्बर ८ को गाउँ ब्लक नापी सम्पन्न गरी २ सय ७२ जनालाई जग्गाधनीपूर्जा वितरण गरिएको जानकारी दिनुभयो ।

यस अवधिभित्र मन्त्रालयले सरकारी, सार्वजनिक तथा गुठी जग्गाको छानबीन गर्न गठित आयोगमा पर्न आएका उजुरीहरु छानवीन गरि ३९ विगाहा १५ कठ्ठा १८ दशमलब ५ धुर जग्गा नेपाल सरकारको नाममा ल्याईएको, व्यक्तिको नाममादर्ता हुनगएको बाँकेको १७ विगाहा, काठमाण्डौ गोकर्णेश्वर गुठी अन्र्तगतको ८ रोपनी ३ आना समेत गरि ४ सय ३९ विगाहा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याउने काम भएको मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो ।

२५ बुँदे महत्वपुर्ण उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रीतुम्बाहाङ्फेले संविधानले गरेको व्यवस्थाअनुसार भूमि सम्बन्धी अधिकार उपभोग गर्नबाट कसैलाई पनि बञ्चित नगर्ने गरि मन्त्रालयले काम गरिरहेको स्पष्ट पार्नुभयो ।