
काठमाडौं, चैत २४ । पछिल्लो समय बजारमा उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
पहिलो चरणमा होटल, लजको सेवा तथा खाद्यवस्तुको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौंको गंगवु बालाजु क्षेत्रको होटल लजको अनुगमनमा उपभोक्तालाई दिइने खाद्यवस्तु र सेवामा न्यून गुणस्तरको रहेको अनुगमनका क्रममा पाइएको छ ।
कतिपय होटल रेष्टुरेन्ट बिना दर्ता भई सञ्चालनमा रहेको पनि अधिकारीले जानकारी दिनुभयो ।
यो अनुगमन मुख्यगरी कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नको लागि भएको प्रशासनले जनाएको छ ।
अनुगमनलाई समूह बनाएर विभिन्न क्षेत्रमा गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्