१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उत्तर कोरियाले टोकियो ओलम्पिकमा भाग नलिने घोषणा


0
Shares

एजेन्सी, चैत २५ । उत्तर कोरियाले यस वर्षको टोकियो ओलम्पिकमा भाग नलिने घोषणा गरेको छ ।

कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै उत्तर कोरियाले जापानमा हुने भनिएको ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने निर्णय गरेको हो ।

उत्तरको यो निर्णयसँगै सीमा पार हुने वार्ताहरु पनि नहुने भएको बीबीसीले जनाएको छ ।

उत्तरको निर्णयले लामो समयदेखि वार्ताको वातावरण बनाउने दक्षिण कोरियाको प्रयास पनि असफल भएको बताइएको छ ।

सन् २०१८ मा दुवै राष्ट्र शीतकालीन ओलम्पिकको संयुक्त टीममा प्रवेश गरेका थिए ।

यो घोषणासँगै कोरोना माहामारीका कारण प्रतियोगिता छोड्न उक्त कोरिया पहिलो राष्ट्र बनेको छ ।

ओलम्पिक जुलाइ २३ देखि जापानमा आयोजना हुँदैछ ।

यसअघि गृहयुद्धका कारण सने १९८८ मा पनि उत्तर कोरियाले ओलम्पिकमा भाग लिएको थिएन ।