२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनीमा अन्तराष्ट्रिय सभाहलको पहिलो चरणको काम सकियो


0
Shares

बुटवल, चैत २५ । लुम्बिनीमा २ वर्ष भित्रमा सञ्चालनमा ल्याउन गरी निर्माण थालिएको अन्तराष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको पहिलो चरणको काम सकिएको छ ।

आगामी बुद्धजयन्तीका लागि ध्यान केन्द्र तयार गरीने तरीकाले निमार्ण कार्य अगाढी बढाईएको छ ।

३१ करोड ७९ लाखमा सभाहल तथा ध्यानकेन्द्र निर्माण पहिलो चरणको काम सम्पन्न भई ३१ करोड लागतमा दोश्रो चरणको काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

सभाहल ४ विघाहा क्षेत्रमा बनेको छ । सर्कुलर डोम आकारको रहने ध्यानकेन्द्रको छाना कोरियन प्रविधिबाट निर्माण गरिएको हो ।

चैत मसान्तसम्म निर्माण सक्ने गरी काम भएपनि कोरोनाका कारण ध्यान केन्द्रका निर्माण प्रभावित बनेको थियोे ।

पहिलो चरणमा सभाहल, शौचालय, कन्ट्रोल रुमको निर्माण भएको छ । अहिले दोश्रो चरणमा मुख्य सभाहलको फिनिसिङ्गको काम चलेको छ भने रङरोगन, पर्खाल, हेलिप्याड, चमेना गृह, बगैंचा र सडक निर्माणको काम चलेको छ ।

लुम्बिनीमा २०७३ सालमा बुद्धजयन्ती मनाइरहेको बेला हावाहुरी कार्यक्रम स्थल भत्काएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम स्थलबाटै ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हल तथा ध्यानकेन्द्र बनाउने घोषणा गर्नुभएको थियो ।