
एजेन्सी, । विश्वका धनाढ्यहरूको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस पहिलो नम्बरमा परेका छन् ।
फोब्र्स म्यागजिनले २ हजार २ सय ५५ जना अर्बपतिमा गरेको सर्वेक्षणमार्फत प्रकाशन गरेको सूचीमा बेजोस पहिलो नम्बरमा पर्न सफल भएका हुन ।
उनको सम्पत्ति १ सय ७७ अर्ब डलर रहेको छ ।
त्यस्तै दोश्रो स्थानमा टेस्लाका मालिक एलन मस्कको सम्पत्ति १ सय ५१ अर्ब डलर पुगेको छ ।
यो बर्षको सर्बेक्षणमा बिश्वका धनी ब्यक्तिहरुको सुचीमा ४ सय ९३ जना अर्बपति थपिएका छन् ।
तीमध्ये २ सय ५ जना चिनियाँ नागरिक रहेका छन् । अमेरिकीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति घटेपछि ट्रम्प अघिल्लो वर्षभन्दा तीन सय स्थान तल झर्नुभएको छ ।
अहिले ट्रम्प विश्वकका अर्बपतिको सूचीमा १२ सय ९९ औं स्थानमा हुनुहुन्छ । सन् २०१७ मा राष्ट्रपतिको सपथ लिँदा ट्रम्पसँग साढे ३ अर्ब डलरको सम्पत्ति थियो ।
तर त्यो घटेर २ दशमलव ४ अर्ब डलरमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्