११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भारतमा एकैदिन १ लाख १५ हजार बढी संक्रमित थपिए


0
Shares

एजेन्सी, भारतमा कोरोना संक्रमितको संख्या अहिले सम्मको सबैभन्दा धेरै देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संख्या यो वर्षको सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा ६ सय ३० जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २८ लाख नाघेको छ भने १ लाख ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतमा ८ करोड ७० लाख भन्दा बढिले कोरोनाविरुद्वको खोप लगाएका छन् ।

संक्रमण दर उच्च देखिएका केही प्रदेशमा नियन्त्रणका लागि सरकारले चालेको कदम प्रभावकारी नदेखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।