८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चीनले दिएको कोरोनाविरुद्व खोप आजदेखि लगाउन सुरु, उपत्यकाबाहेक ४ जिल्लामा मात्र खोप पाइने


0
Shares

काठमाडौं, चैत २५ । नेपाललाई चीनले अनुदानमा दिएको कोरोना (कोभिड–१९) विरुद्धको भेरोसिल्ड खोप आजदेखि लगाउन सुरु गरिएको छ ।

खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ केन्द्र गरी देशभर २३ खोप केन्द्र तोकेको छ ।

उपत्यका वाहिर भने रसुवा, सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लामा मात्र खोेप केन्द्र तोकिएको छ ।

मन्त्रालयले उपत्यकामा, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी (सिभिल) अस्पताल, सरुवा रोग अस्पताल टेकु, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगललाई खोप केन्द्र तोकेको छ ।

यस्तै शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निःशुल्क चिकित्सालय पनि कोभिड १९ विरुद्धको खोप केन्द्र तोकिएको छ ।

१८ देखि ५९ बर्ष सम्मका चीनमा अध्ययनरत विद्यार्थी , चीन जान तयार भएका विद्यार्थी , चीनवाट सामान ल्याई व्यापार व्यवसाय गर्ने व्यक्ति, कर्मचारी, पर्यटन व्यवसायीलाई र अत्यावश्यक सेवामा कार्यरत व्यक्तिलार्य मुख्य प्राथमिकतामा राखिएको छ ।

यसअघि नेपालले भारतबाट अनुदानमा ल्याएको कोभिसिल्ड खोप अभियान अन्र्तगत लगाएको थियो ।