
काठमाडौं, चैत २६ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक स्थगन गरेको छ ।
शुक्रबारका लागि बोलाइएको बैठक स्थगन गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयो ।
शुक्रबार बस्ने भनिएको बैठक चैत्र ३० गते सोमबार दिउँसो २ बजे बस्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
क्रियाशील छानविन समितिका सदस्यहरु क्रियाशील सदस्यता वितरण तथा नवीकरणमा विवाद भएका विभिन्न जिल्ला पुगेकाले बैठक स्थगन गर्नु परेको पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्