१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वदेशमै उत्पादन बढाइ आयात घटाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह


0
Shares

काठमाडौं, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।

उत्पादन बढाई निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि प्रधानमन्त्री ओलीको भनाई थियो ।

नेपाल चेम्बर अफ कमर्सको ७० औ साधारणको उद्टन गर्दै प्रधानमन्त्रीले उद्योग व्यवासयलाई सरकारले दिने सेवामा एकद्धार प्रणाली लागू गरिएको बताउनुभयो ।

उहाँले कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गरी सरलिकृत बनाउँदै लाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भएपनि उठनै नसक्ने गरी भने असर नपरेको प्रधानमन्त्रीको दाबी थियो ।

कोभिडको सन्दर्भमा ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सेचत बन्न आग्रह गर्नुभएको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकार निजी क्षेत्रबीच सहकार्यमा जोड दिदै लगानी सहजीकरणमा जोड दिनुभयो ।

कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई जोगाउन प्रयत्न गरे पनि पर्याप्त नभएको बताउनुभयो ।

चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोनाबाट पिल्सिएका साना तथा मझौला उद्योगीलाई बचाउन सरकारले अझै राहतको प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपालको उद्योग व्यवसायमा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याएका उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो ।