
काठमाडौं, चैत २७ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ ।
माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो ।
नेकपा एमाले प्रवेश गर्नुभएका बादलले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उहाँको राष्ट्रियसभा सदस्य पद रिक्त हुने छ ।
यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।
दलका नेता शर्माका अनुसार चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्