१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देउवाले बोलाए तीन दलको बैठक


0
Shares

काठमाडौं, चैत २७ । शेरबहादुर देउवाले आह्वान गरेको तीन दलको बैठक अहिले बसिरहेको छ ।

देउवा निवास बुढानिलकण्ठमा बसिरहेको बैठकमा माओवादी र जनता समाजवादी पार्टीको आधिकारिक धारणा माग्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

माओवादी र जसपासँग मिलेर सरकार गठनको तयारीका लागि काँग्रेसले छलफल थालेको शर्माले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले दलहरुसँग छलफल थाल्नुभएको हो ।

छलफलले नयाँ सरकारको टुंगो लाग्ने बताइएको छ ।

माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रस्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेपछि दुबै दलमाथि दबाब बढिरहेको छ ।

देउवा भने ओलीको विपक्षमा संसदमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न सक्ने अवस्था नभएको बुझाईमा हुनुहुन्छ ।

जसपाभित्र वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा स्पष्ट रूपमा दुई धार देखिएको छ ।

महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु ओली सरकारले आफ्ना माग पूरा गर्छभने यही सरकारलाई सघाउने पक्षमा देखिनुभएको छ ।

उपेन्द्र यादव र डा बाुबराम भट्टराई भने विपक्षी गठबन्धनमा उभिंदै आउनुभएको छ ।