
काठमाडौं, चैत २७ । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश कार्य समितिमा ईमेज च्यानलका पत्रकार नरेन्द्र मानन्धर खुला सचिवमा निर्वाचित हुनुभएको छ ।
यही चैत्र २५ गते सम्पन्न महासंघको २६ औं महाधिवेशनबाट समितिमा उहाँ गठबन्धन प्यानल सहित सचिवमा अत्यधिक बहुमतले निर्वाचित हुनु भएको हो ।
प्रदेश समितिको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित हुुनुभएको छ ।
त्यस्तै समितिको उपाध्यक्ष(खुल्ला) तर्फ वीरेन्द्र ओली र महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल निर्वाचित भएकी छन् ।
महासचिवमा रामकुमार शाही, समावेशी सचिवमा पार्वती खड्का र कोषाध्यक्षमा केशवबहादुर बोहोरा निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा अशोक घिमिरे, अनिता कुमारी घिमिरे, रमेश टमटा, किशोर चौधरी, दीपेन्द्र कर्ण र बरकत अली मिया निर्विरोध निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्