
काठमाडौं, चैत २७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको पुनरसंरचना गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुनरसंरचना गर्नुपर्ने बताउनुभयो ।
त्यसका लागि आफू तयार रहेको पनि बताउनुभयो । मन्त्री गुरुङले नयाँ आर्थिक वर्षमा नयाँ ढङ्गले नेपाल टेलिकमको रुपान्तरण गर्ने प्रस्ताव ल्याउन कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो ।
टेलिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेकोले त्यसबाट आफ्नो अधिकार खोसिन लाग्यो भनेर नआत्तिन पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
कुनै कर्मचारीले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने कार्यलाई रोक्ने प्रयास गरे सरकारले कर्मचारीलाई सहयोग नगर्ने पनि स्पष्ट पार्नुभयो ।
टेलिकम भित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्न पनि उहाँले कर्मचारीहरुलाई चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्