
काठमाडौं, चैत २७ । नेपालको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन ल्याउने दाबी सहित इन्नोभेट टेकले इ-लर्निङ्ग प्ल्याटफर्म माइ सेकेण्ड टिचर ल्याउने भएको छ ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी इन्नोभेटले २०७८ बैशाख १ गतेबाट देशभर यो प्ल्याटफर्म उपलब्ध हुने जानकारी गराएको हो ।
यो सामाग्री विश्व परिवेशमा सुहाउँदो नागरिक तयार गर्ने उद्देश्यले तयार गरिएको आयोजकको दाबी छ ।
विश्वका १८ विकसित देशका सयौ क्याम्ब्रिज स्कुलमा यो प्ल्याटफर्म प्रयोग हुदै आएको जनाइएको छ ।
यो प्रविधि सन् २०२१ को अन्त्य सम्ममा ५० मुलुकमा पुर्याउने लक्ष्य रहको पनि जनाइएको छ ।
बेलायतका तीन विज्ञको सहयोगमा नेपालको शिक्षा प्रणालीमा आधारित रहेर विकास गरिएको प्रविधिले नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुको शैक्षिक गुणस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले माई सेकेण्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधारमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्