
काठमाडौं, चैत २७ । सरकारले अहिले तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट पारेको छ ।
शुक्रबार सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक कार्यक्रममा पत्रकारका प्रश्नमा मन्त्री पार्वत गुरुङले सरकारले अहिले लकडाउनका विषयमा कुनै तयारी नगरेको स्पष्ट पार्नुभएको हो ।
अहिले कुनै तयारी नभएको र सबैको परामर्शपछि आवश्यक निर्णय हुने मन्त्री गुरुङले बताउनुभयो ।
सबैको परामर्शमा सरकारले स्वास्थ्य सावधानीका सन्दर्भमा निश्चित मापदण्ड बनाउने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्