
तस्वीरः@tularashi2764
काठमाडौं, चैत २९ । काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।
आगो बुढानीलकण्ठ नगरपालिका–१ तौलुङ, सिमलडाँडाबाट शुरु भएको हो । आगो ठूलो क्षेत्रमा फैलिएको छ ।
आइतबार बिहान करिब ९ः३० बजेबाट लागेको आगो नियन्त्रणको प्रयास भइरहेको निकुञ्जले जनाएको छ ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन् । आगो नियन्त्रणमा तीन वटा दमकल पनि प्रयोग भइरहेको निकुञ्जका कर्मचारी सुरेन्द्र लामाले इमेजखबरलाई जानकारी दिनुभयो ।
आगो करिब डेस मिटर लम्बाईमा फैलिएर लागेकाले नियन्त्रण गर्न कठिन भएको लामाले जानकारी दिनुभयो ।
आगो बस्तीसँगैको पर्खालबाट शुरु भएको निकुञ्जका अर्का कर्मचारी गोपाल वस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्