७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बसन्तपुर बजारमा पुस्तकालय स्थापना


0
Shares

तेह्रथुम, चैत २९ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बसन्तपुर बजारमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको छ ।

नगरपालिकाले तीनजुरे सिकाई केन्द्र स्थापना गरी धार्मिक, पुरातात्विक, ऐतिहासिक जस्ता विभिन्न किसिमका पुस्तकहरु निःशुल्क अध्ययन गर्ने वातावरण बनाएको हो ।

पुस्तकालयमा विभिन्न विषयका पुस्तकहरु भए पनि जातजातिका पुस्तकहरुको अध्ययन गर्ने क्रम बढेको पुस्तकालयका कर्मचारी लक्ष्मी पौडेलले बताउनुभयो ।

बसन्तपुर बजारको केन्द्रमै रहेको पुस्तकालयमा थोरैले मात्र अध्ययन गर्ने गरेका छन् ।

प्रविधिको विकाससँगै पुस्तकालय ओझेलमा परेको स्थानीयको भनाइ छ ।