
काठमाडौं, चैत २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको बताउनु भएको छ ।
भारतको हरिद्धारमा भइरहेको कुम्भमेलामा संवोधन गर्दै उहाँले अब हामीले धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठमन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ भन्नुभएको छ ।
पूर्वराजा शाहले भगवान रामको भनाइ स्मरण गर्दै ‘अपि स्वर्र्ण मणि लंका न मे लक्ष्मण रोचति, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने सत्युक्तिको ख्याल हामीले राख्नै पर्दछ भन्नु भएको छ ।
पूर्वराजारानी विशेष अतिथिका रुपमा गत बिहीबार हरिद्धार जानु भएको हो ।
प्रतिक्रिया दिनुहोस्