
काठमाडौं, चैत २९ । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइएको छ ।
हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडे जात्रा पर्व मनाउने चलन छ ।
यसै अवसरमा नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका प्रदर्शन गरेको छ ।
सेनाको प्रस्तुती हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल जानुभयो ।
कोरोना संक्रमण बढ्दै गएपछि सेनाले थोरै अतिथिलाई मात्रै आमन्त्रित गरेको हो ।
उपत्यकाका नेवार समुदायले आजको दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउने गर्दछन् ।
ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ ।
प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गरिएको किम्वदन्ती छ ।
जात्राको अवसरमा सरकारले उपत्यकामा आज सार्वजनिक बिदा दिएको थियो ।











प्रतिक्रिया दिनुहोस्