१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनचाँदी व्यवसायीको हत्या भएकोमा गंभिर आपत्ति


0
Shares

काठमाडौं, चैत २९ । सुनचाँदी व्यवसायीको हत्या भएकोमा सुन चाँदी व्यवसायीले गंभिर आपत्ति जनाएका छन् ।

व्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन उनीहरुले सरकारसंग आग्रह गरेका छन् ।

सुनचाँदी ब्यवसायी प्रदिप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोलि हानी हत्या भएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले विज्ञप्ती जारी गर्दै आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको हो ।

यो घटनाले मुलुकभरका सुनचाँदी ब्यवसायी लाई त्रसित र भयभित मात्र वनाएको छैन, यसले सिँगो मुलुकको सुरक्षा ब्यवस्था र ब्यवसायीक सुरक्षाको बिषयमा समेत गंभिर प्रश्नचिन्ह खडा भएको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष आहग्रह गरेको छ ।