२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्री ओलीद्वारा एमाले केन्द्रीय कमिटीको बैठक आह्वान


0
Shares

uml parliamentary commitee meeting Oli sider

३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख ६ मा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउनुभएको नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा महाधिवेशन सम्पन्न गर्न गठित महाधिवेशन आयोजक समितिको काम र क्षेत्राधिकारबारे पनि छलफल हुने बताइइएको छ ।

एमालेमा अध्यक्ष ओली र नेता माधव नेपाल–झलनाथ खनालबीचको विवाद उत्कर्षमा रहेको छ । ओलीले आफूपक्षीय सदस्य राखेर केन्द्रीय कमिटी बैठक गरिरहँदा नेपाल–खनाल पक्षले भने देशैभर समानान्तर कमिटी बनाउँदै गतिविधि तीब्र पार्नुभएको छ ।

ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गर्नुभएको छ भने माओवादी छाडेर आएका नेताहरुलाई थप जिम्मेवारी दिनुभएको छ ।