१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खाद्य कम्पनीले ५ हजार टन गहुँ किन्दै


0
Shares

काठमाडौं, चैत ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच हजार टन गहुँ खरिद गर्ने भएको छ ।

सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो ।

गहुँ खरिद गर्नको लागि कम्पनीले यो वर्ष १५ करोड ५८ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १ सय ११ रुपैयाँ तोकेको छ ।

सोही मूल्य अनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो ।

गत वर्ष प्रतिक्वीन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । गत वर्षको गहुँको समर्थन मूल्यको तुलनामा चालु आर्थिक वर्र्षको मूल्य ३ दशमलव १८ प्रतिशतले बढेको छ ।

विभिन्न जिल्लामा समर्थन मूल्यअनुसार गहुँ खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यो वर्ष किसानहरूबाट ५ हजार मेट्रिक टन गहुँ खरिद गर्ने लक्ष्य राखेकोमा पहिलो चरणमा कम्पनीले ३ हजार मेट्रिक टन ल्याउने भएको छ ।