
काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोनाका कारण मुलुकमा बेरोजगारीको समस्या भयावह भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले देशभित्र खुद्रा व्यापारीदेखि पर्यटन क्षेत्रका लाखौं नेपालीले रोजगारी गुमाएको भन्दै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली पनि कामविहीन भएको उल्लेख गर्नुभयो ।
संसदको शून्य समयमा थापाले भन्नुभयो, ‘कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ, वैदेशिक रोजगारीमा पनि लाखौँले रोजगारी गुमाएर नेपाल फर्किएका छन् । फर्किएर आएका पनि जान पाएका छैनन् । यिनीहरूको पुनःस्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ ।’
दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका हजारौं युवा महिनौंदेखि काठमाडौंमा अलपत्र परेकोमा ध्यानाकर्षण गराउँदै उहाँले यसबारेमा सदनलाई जवाफ देओस् भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्