२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निर्वाचन आयोग र सर्वोच्च अदालतमा ‘सेटिङ’ !


0
Shares

काठमाडौं, चैत ३० । प्रतिनिधि सभा बैठकमा राज्यका हरेक निकाय सेटिङको आधारमा चलेको गम्भीर आरोप सांसदले लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद अञ्जना विशंखेले राजनीतिक विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालतले ‘सेटिङ’ का आधारमा फैसला गरेको आरोप लगाउनुभएको हो ।

राज्यलाई लोक कल्याणकारी र जनपक्षीय बनाउन हरेक निकायलाई संस्थागत र स्वतन्त्र रुपमा चल्न दिइनुपर्ने उहाँको भनाइ थियो ।

शाक्यले भन्नुभयो, ‘चाहे राष्ट्रपतिले होस् चाहे प्रधानमन्त्रीले होस्, जसले जल्ती गर्छ स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ । तर बिडम्बना यतिबेला सेटिङका आधारमा हरेक कुराहरु निर्णय गरिन्छ । चाहे निर्वाचन आयोग होस् चाहे त्यो सर्वोच्च अदालतका पार्टीसम्बन्धी फैसला होस् ।’