१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


सहमतिको सरकार बनाएर राजनीतिक निकास खोज्न प्रदीप गिरिको प्रस्ताव


0
Shares

Pradip giri


काठमाडौँ, चैत ३० । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मुलुकको राजनीतिक अन्योलको समाधानका लागि सहमतिको सरकार बनाउनु पर्ने बताउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद गिरीले मुलुकमा अहिले देखिएको राजनीतिक अन्योल चिर्ने बाटो भनेको सहमतिको सरकार बनाउनु मात्रै भएको उल्लेख गर्नुभयो ।

उहाँले आउँदो निर्वाचन पनि सबै दलको सहमतिमा बन्ने सरकारले गराउनुपर्ने प्रस्ताव गर्नुभयो । निर्वाचन सहमतिका आधारमा नगरिए २०४७ सालपछिको जस्तो अवस्था आउने चेतावनी उहाँको थियो ।

सदनमा उभिएर नेता गिरिले भन्नुभयो, ‘मुलुकमा देखिएको अन्योल चिर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ । अहिले प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, महन्थ ठाकुर, प्रचण्ड, वर्तमान प्रधानमन्त्री लागेको भन्ने आएको छ । यसरी समस्या समाधान हुँदैन । राष्ट्रिय सहमतिले मात्रै समस्याको समाधान हुन्छ ।’

प्रधानमन्त्री केपी ओलीले कामभन्दा गफै बढी दिएको आरोप लगाउँदै नेता गिरिले जनता अल्मल्याउने काम मात्रै भइरहेको टिप्पणी गर्नुभयो ।