
काठमाडौं, चैत ३० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी बैशाख ५ गते बस्ने भएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बिज्ञप्ती जारी गर्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको र बैशाख ५ गते आइतबार दिउँसो २ बजे बैठक डाकिएको जानकारी दिनुभएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका माईला भाई गोविन्दराज पौडेलको निधन भएका कारण कांग्रेसले सोमबारको बैठक स्थगित गरेको हो ।
बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थप्ने तथा नयाँ सत्तासमिकरण लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्