१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बल प्रयोग गरेर काठमाडौं प्लाजा खाली गराईँदै, मंगलबार साँझ ५ बजे अन्तिम समय


0
Shares

काठमाडौं, चैत ३० । नेपाल ट्रष्टको कार्यालयले काठमाडौंको कमलादीस्थित काठमाडांै प्लाजा बलपूर्वक खाली गराउने भएको छ ।

भवन भाडामा लगाउने कन्सेप्ट डेभलप्र्सले सम्झौता समिएको दश महिना बित्दा पनि भवन खाली नगरेपछि ट्रष्टले बलपूर्वक खाली गराउन लागेको हो ।

ट्रष्टको कार्यालयले पटक पटक सूचना जारी गरेर भवन तथा सटरहरु खाली गर्न भन्दै आएकोमा मंगलबार साँझ ५ बजेभित्र खाली गर्न अन्तिम समय दिइएको छ ।

मंगलबार ५ बजेसम्म पनि ति कम्पनीले भवन खाली नगरे बैशाख २ गतेबाट बल प्रयोग गरेरै खाली गराईने कार्यालयका कार्यकारी सचिव सुरेश आचार्यले बताउनुभएको छ ।

नेपाल ट्रष्टको कार्यालयले २०५० सालमा कन्सेप्ट डेभलपर प्रालीसँग २७ वर्षका लागि भवन भाडा लगाउने सम्झौता गरेको थियो ।

उक्त अवधि समाप्त भए पनि सो प्रालिले भवन खाली नगराएपछि बलपूर्वक खाली गराउन लागिएको नेपाल ट्रष्टले जनाएको छ ।

हाल सो भवनमा ४० वटा विभिन्न बैंक तथा कम्पनी रहेका छन् । उनीहरुले असार यताको भाडा भने तिरेका छैनन् ।

ट्रष्टलाई ति कम्पनीले १० महिनाको भाडा ६ करोड ५ लाख बढि बुझाउनु पर्ने छ ।

ट्रष्टको २७ वर्षको अवधी २०७७ साल असारमा सकिएपछि २०७७ असार २ गते मन्त्रीपरिषदले काठमाडौं महानगरपालिकालाई १० वर्षका लागि मासिक ६० लाख ५० हजार रुपैयाँमा दिने निर्णय गरेको थियो ।

महानगरलाई भाडामा दिने भएपछि कन्सेप्ट डेभलप्र्स प्रा. ली मुद्धामा गएको थियो । मुद्दाको फैसला भने भएको छैन ।