१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संघीय निजामती सेवा ऐन अलोकतान्त्रिक : निजामती कर्मचारी युनियन


0
Shares

काठमाडौं, चैत ३१ । नेपाल निजामती कर्मचारी युनियन संघले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन अलोकतान्त्रिक रहेको जनाएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐनमा लोकतन्त्र विरोधी रहेको बताउनुभयो ।

ऐनले संविधानलाई नै उलङ्घन गरेको तथा कर्मचारीहरुको सेवासुविधा, वृत्तिविकास लगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरु आन्दोलनमा उत्रिने बताउनुभयो ।

निजामती कर्मचारी युनियन संघका उपाध्यक्ष उत्तम कुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताउनुभयो ।