
पोखरा, चैत ३१ । पोखरा घुम्न आउनेहरुको लागि साहसीक गन्तव्य थप भएको छ ।
बन्जी नेपाल एड्भेन्चर्स प्रालिले नयाँ वर्षको सुरुवातसँगै पोखरा–१७, रातोपैह्रामा बन्जीको शुरुवात गर्दैछ ।
जसको सफल परीक्षण भइसकेको बन्जीस्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्याराग्लाइडिङका लागि उत्कृष्ट ठहरिएको पोखरालाई बञ्जी जम्पको पनि हब बनाउन ८ करोड २५ लाख रुपैयाँ लगानीमा बञ्जी जम्प सञ्ंचालनमा आएको कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिनुभयो ।
क्यान्टिलिभर ब्रिजको डिजाइनमा निर्माण गरिएको बञ्जी ३५ मिटर अग्लो टावरको फेदबाट जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ ।
सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृंखला हेर्दै जम्प गर्न पाइने भएकोले यसको थप आकर्षण रहेको कम्पनीको दाबी छ ।
चीनमा रहेको विश्वकै अग्लो बञ्जी जम्प जस्तै गो बन्जीकै फ्रेन्चाइजका रुपमा नेपालमा बिस्तार गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्