१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुग्यो : ऊर्जामन्त्री रायमाझी


0
Shares

अर्घाखाँची, चैत ३१ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुगेको बताउनु भएको छ ।

एमालेसँगको एकीकरणपछि माओवादी केन्द्रको सुरक्षित अवतरण भएकोमा तर अहिले उक्त पार्टीको कुनै पनि हैसियत नरहेको जिकीर गर्नुभयो ।

अर्घाखाँचीमा पत्रकारहरुसँग उहाँले राजनीति बचाउनकै लागि आफूले प्रधानमन्त्री ओलीको साथ नछाडेको पनि प्रष्ट पार्नुभयो ।

सांसदलाई कारबाही गर्नसक्ने तर सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने र नयाँ सरकार बनाउने प्रयास पनि अलपत्र पर्नुले माओवादी कुन हैसियतमा छ भन्ने बुझिने उहाँको तर्क थियो ।