
एजेन्सी । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो १७० वर्षे इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक बनाउने भएको छ ।
रोयटर्सले रोमकी स्थायी बासिन्दा ४७ वर्षीया अलेसान्ड्रा गालोनीलाई पहिलो महिला प्रधान सम्पादक बनाउने भएको हो ।
गालोनीले स्टिफिन जे एड्लरको ठाउं लिने छिन् ।
एड्लरको नेतृत्वमा सात वटा पुलित्जर पुरस्कारसहित सयौं अवार्ड प्राप्त गर्न सफल भएको रोयटर्सले जनाएको छ ।
गालोनीले अप्रिल १९ देखि नयाँ जिम्मेवारी सम्हाल्नेछिन् ।
४ भाषामा पोख्त उनी यसअघि वाल स्ट्रिट जर्नलमा काम गर्थिन् ।
उनी सन् २०१३ मा रोयटर्सका दक्षिण युरोप ब्युरो प्रमुखका रुपमा आबद्ध भएकी थिइन् ।
प्रधान सम्पादकका रुपमा उनले लन्डनमा बसेर काम गर्ने पनि रोयटर्सले जनाएको छ ।
उनले विश्वभरका झन्डै २५ सय पत्रकारको नेतृत्व गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्