
काठमाडौं, चैत ३१ । नेपाल ट्रष्टको कार्यालयले काठमाडौंको कमलादीस्थित काठमाडौं प्लाजा बैशाख २ गतेभित्रै खाली गर्न अनुरोध गरेको छ ।
ट्रष्टको कार्यालयले चैत २५ गते दिएको समय सीमा सकिएसँगै मंगलबार उक्त भवनमा रहेका विभिन्न पसलहरु खाली गर्न माईकिङ मार्फत अनुरोध गरेको हो ।
मंगलबार साँझसम्म पसल खाली नगरे पसल तथा कम्पनी सिलबन्दी गरि कानून बमोजीम लिलाम गरि सम्बन्धित व्यक्ति, फर्म तथा कम्पनीलाई कारबाही गरिने चेतावनी समेत ट्रष्टले दिएको छ ।
भवन भाडामा लगाउने कन्सेप्ट डेभलप्र्सले सम्झौता सकिएको दश महिना बित्दा पनि भवन खाली नगरेपछि ट्रष्टले आफैले खाली गर्न कदम चालेको हो ।
ट्रष्टको कार्यालयले पटक पटक सुचना जारी गरेर भवन तथा सटरहरु खाली गर्न भन्दै आएको थियो ।
हाल सो भवनमा ४० वटा विभिन्न कम्पनी तथा बैंक रहेका छन् । उनीहरुले असार यताको भाडा तिरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्