२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गुल्मीमा अर्को दुर्घटना : एकको मृत्यु, ४ जना घाइते


0
Shares

गुल्मी, बैशाख १ । गुल्मीकै सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ बर्षिया तारा राहडीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

वडाध्यक्ष रुकबहादुर रानाले दुर्घटनामा एक बच्चा पनि घाइते भएको जानकारी दिनुभयो ।

सत्यवती बजैको मन्दिरको दर्शन गरेर ठुलो लुम्पेक फर्कदैँ गर्दा दिउँसो पौने २ बजे क्वाङखोलामा टेम्पो दुर्घटनामा परेको हो ।